क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारीहरु

१.ओखर: पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ।

२. गोलभेँड़ा: गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ।

३. ग्रीन टी: ग्रीन टी मा प्रसस्त पॉलीफेनोल्स एंड फ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ। ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ।

४. लसुन: लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ।

५. ब्रो काउली : ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन।

६. स्याउ : स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइञ्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र , भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।