Rajendra lingden   राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

राजेन्द्र लिङ्देन १ हजार ८ सय १७ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा विजयी भएका छन् ।

लिङ्देनले विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन, माला लगाइदिनुपर्दैन यो आन्तरिक प्रतिस्पर्धा हो’

लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् ।

उहाँको जन्मस्थान पाँचथरको अमरपुर हो र २०३६ सालबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।  

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कृष्णप्रसाद सिटौला कांग्रेसका प्रभावशाली नेतालाई हराएपछि चर्चामा आए ।